मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशसभाबाट पाए विश्वासको मत

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार (आज) विश्वासको मत पाएका छन् । पाण्डेवको पक्षमा ५९ मत परेको छ भने विपक्षमा ४३ मत परेको छ ।सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको मत पाएको बताए । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ…