मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ । बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका हुन् । उनले ६८९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाएर पराजित भए । गुरुङ गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए…