गण्डकी प्रदेशमा दुई माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेशका दुइ मन्त्रीले राजिनमा दिएका छन्। आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका हुन् । उनिहरुले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको बताइएको छ । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनिहरुलाई सरकार बाट फिर्ता हुन निर्देशन दिएको थियो ।