गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ५ जिल्लामा थप संक्रमण देखिएको हो। म्याग्दीका ९, तनहुँका ३, नवलपरासीपूर्वका ११, गोरखाका १ र कास्कीका १ जनामा संक्रमण देखिएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जनाएका छन्। संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा पठाउने तयारी भइरहेको जनाइएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको…