गण्डकी प्रदेश सरकारले क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपैयाँ दिने

कोरोना सङ्क्रमण रोक्न हाल क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई गण्डकी प्रदेश सरकारले खाना र नास्ताबापत दैनिक ५१० रुपैयाँ उपलब्ध गराउने भएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए। “बस्ने ठाउँको व्यवस्था स्थानीय र…