लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेशमा नवनियुक्त ५ जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई शपथ गराएका हुन्। केही दिनअघि मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्दै ५ जना मन्त्री नियुक्त गरिएको थियो। नियुक्तिमध्ये एमालेबाट ४ जना र जनता समाजवादी पार्टी (जसपा) बाट १ जना मन्त्री रहेका छन्।