गुल्मी । दसैँ सकिएलगत्तै गुल्मीका कोतघरमा सरायको रौनक देखिएको छ। नेपालका पश्चिमी जिल्लामा सराय नाच्ने गरिन्छ। एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सरायमा खुडा, भाला, तरबार, खुकुरीजस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच्चारण गरी गरिन्छ। गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका जिल्लामा एकादशी, द्वाद्वसी, त्रायोदशी र पूर्णिमाको दिन फरक(फरक ठाउँमा सराय नाच्ने गरिन्छ। गुल्मीको इस्मा…