दाङ । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ । बाँके बैजापुरका सुरेश चौधरी साथीहरुसँग शनिबारको छुट्टीमा धारापानीमा घुम्न आएका छन् । कक्षा १० मा पढ्ने उनी धारापानीको चर्चा धेरै सुनेकाले आफैँले देख्न मन लागेर आएको बताउँछन् । ‘त्रिशूल र ॐपोखरी मन्दिरभित्र…