लुम्बिनीमा तीन नयाँ मन्त्रीले लिए सपथ

काठमाडौँ– लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना (बर्दिया), देवकरण कलवार (पश्चिम नवलपरासी), र जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाल (बाँके) लाई मन्त्री नियुक्त गरेका हुन्। तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण, र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।…