हुम्लाको उत्तरी नाका खुल्न समय लाग्ने भएको छ । हिमपातका कारण बाटो बन्द हुँदा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित लिमी गाउँमा पाँच महिना आवतजावत रोकिने भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा त्यहाँ पुग्ने अर्को कुनै विकल्प नभएको त्यहाँका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । केही दिनअगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको…