एनआरएनए भेला : विधान संशोधनमा विवाद

गैरआवासीय नेपाली संघको काठमाडौंमा जारी साधारणसभामा संघका अध्यक्ष कुल आचार्यले अनलाइन मतदानलाई अस्वीकार गरेपछि विवाद सिर्जना भएको छ । विवाद बढेपछि वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति गठन गर्न माग गरिएको छ । मंगलबार रातिसम्म चलेको साधारणसभामा विधान संशोधनको पक्षमा बोल्दै संघका उपाध्यक्ष डिबी क्षेत्रीले सदस्यहरूको भावना नबुझी अझै पनि विवाद सिर्जना गर्ने हो भने…