भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि नौ नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ । उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश…