लामो समयदेखि प्रतिक्षारत भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको छ । संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसन, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट मेजर ९अवकाश प्राप्त० जुदबहादुर गुरुङसमेतको सहभागितामा भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा पहिलो बैठक बिहीबार सम्पन्न भएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाल…