दाङ, झापा र चितवनबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय जनक बुढाथोकी लगायत चार जना छन् । उनीहरुबाट ट्रामाडोल २५२ पत्ता बरामद गरिएको प्रहरीले…