हेटौंडा । हेटौंडामा अनलाइन ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उक्त गिरोहलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारिजातपथमा “मेडि असिष्ट” नामक कम्पनी खोलेर अनलाइन ठगीको कारोबार गरिरहेको भन्ने…