कोषाध्यक्ष सुवेदीकै निर्देशनमा पशुपतिको भेटी चोर्ने पाँचै जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरभित्र रहेको संस्कृति संरक्षण महाशाखाको भेटीगणना कक्षबाट भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जना कर्मचारी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को निर्वाचन आयोगका सदस्य रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको निर्देशनमा भेटीगणना कक्षबाट भेटी चोरी गर्ने…