सचिव राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौ , २८ असार । ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेस गर्न आदेश जारी…