लागुऔषधसहित नौजना पक्राउ

काठमाडौं, १२ वैशाख । देशका विभिन्न स्थानबाट लागुऔषधसिहत नौजना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका(१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय चन्दु महतालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला परी पक्राउ गरेको हो । साथै गोदावरी…