गोली हानेर टोखाबाट लाल मोहम्मद हत्याका सुटर पक्राउ

काठमाडौँ । काठमाडौँको टोखामा प्रहरीले गोली चलाएको छ। २०७९ असोजमा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्याका आरोपितलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो। प्रहरीले चलाएको गोली लागेर मोहम्मद हत्याका आरोपित भारतीय नागरिक गुड्डु पटेल घाइते भएका छन्। उनको घुँडामा गोली लागेको र अवस्था खतरामुक्त रहेको रहेको प्रहरीको भनाइ छ। उनलाई त्रिवि…