प्रभु बैंकका सिईओ शेरचन पक्राउ

काठमाडौं, २४ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआईबीले शेरचनलाई आइतबार पक्राउ गरेको हो। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा शेरचनलाई नियन्त्रणमा लिइएको हो । सीआईबीले कार्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै कर्जा फाइल, आन्तरिक पत्राचार र स्वीकृतिसँग सम्बन्धित…