निकोलस भूसाल पक्राउ

काठमाडौं । निकोलस भूसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई आज दिउँसो पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखाबाट काठमाडौँ ल्याउँदै छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।