सेमिफाइनलमा पुग्न नेपाललाई दुई सय तीन रनको लक्ष्य

काठमाडौं, १६ असोज । चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा यशस्वी जयसवालको शतकप्रेरित भारतले नेपालविरुद्ध २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी क्वार्टरफाइनलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रनको योगफल बनायो ।भारतबाट शतक बनाएका यशस्वी ४९ बलमा आठ चौका…