एपिएफले जित्यो प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ ।बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो । एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै…