राष्ट्रिय फुटबल टिमले शुक्रबारबाट प्रशिक्षण सुरु गर्ने

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि शुक्रबारबाट नेपाली राष्ट्रिय टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ ।नेपाली टोलीले भोली बिहान ९ बजेदेखि १०ः३० बजेसम्म दशरथ रंगशालामा प्रशिक्षण गर्नेछ । छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन्…