सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०५८ सालमा चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो ।२१ औं स्थापना दिवशका अवसरमा भएका विभिन्न कार्यक्रमको मंगलबार समापन गरिएको छ । जंगी अड्डास्थित सभामण्डलमा प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका छन् । स्थापना दिवशको अवसरमा…