दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

मेलबोर्न, १४ पुस (रासस–एएफपी) – अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै चार टेस्टको शृंखला १–१ को बराबरीमा पुगेको छ । भारतीय टिमका कार्यवाहक कप्तान अजिन्क्य रहाणेले उत्कृष्ट प्रदर्शन गरेर भारतको जितको आधार तयार पारेका थिए । रहाणेले दोस्रो पारीमा पनि अविजित २७ रन…