मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री महर्जनले बकैया रंगशाला निर्माणलाई मन्त्रालयले प्राथमिकता राख्ने बताएका छन् । यसअघि खेलकुद क्षेत्र नबुझेकाहरु मन्त्री बन्दा बजेट प्राथमिकतामा नपरेको र अहिले आफूलाई काम गर्न गाह्रो भएको…