ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख…