काठमाडौं । ‘हिमालयन गानादा फुटसल गोल्ड कप २०८१’ को उपाधि आयोजक टिम हिमालयन फुटबल क्लबले रक्षा गर्न सफल भएको छ । राजधानीको चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा सम्पन्न फाईनल खेलमा ढुकु स्पोर्ट्स हवलाई पेनाल्टी सूटआउटमा ३ २ गोल अन्तरले पराजित गर्दै हिमालयन एफसीले उपाधि रक्षा गरेको हो । निर्धारित २० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि…