काठमाडौं वैशाख, ३– प्रमुख विपक्षी कांग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलमार्फत कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने बताएको हो । पत्रकार सम्मेलनमा कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको भन्दै यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए ।…