काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ। जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।