मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपराष्ट्रपति पदमा नन्दबहादुर पुनको मात्र उम्मेदवारी



काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले शनिवार जनाएको छ ।

उपराष्ट्रपति पुनले शनिवार अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल छन् ।

यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहेका छन् । यसअघि राष्ट्रपति पदको निर्वाचनमा विद्यादेवी भण्डारी निर्वाचित भइसेकी छन् । उपराष्ट्रपति पदको निर्वाचनमा उम्मेदवारी दर्ताको समय शनिवार दिउँसो २ बजेसम्म निर्धारण गरिएको थियो ।

उपराष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । रासस

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार  ९ : २४ बजे