११ जना एसएसपीको डीआईजी मा बढुवा सिफारिस



काठमाडौं असोज, २१–

नेपाल प्रहरीका ११ एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।

शनिबार  बढुवा सिफारिस समितिले ११ जनाको नाम सिफारिस गरेको हो ।
सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे छन् । दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली रहेका छन् । चौथो नम्बरमा पूर्णचन्द्र जोशी परेका छन् ।

सूचीमा क्रमशः तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्धुम्न कुमार कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन्

 

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  ३ : २५ बजे