मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाइडबडी विमान घोटलामा मन्त्रीदेखि सचिवसम्म फस्ने निश्चित



१० मंसिर, काठमाडौं–

दुई वाइडबडी विमान ल्याउँदा भएको अनियमितताबारे संसद्को सार्वजनिक लेखा समितिका सदस्यहरूले नेपाल वायुसेवा निगमका पदाधिकारीलाई आइतबार झिकाएर जवाफ मागेका छन्। महालेखापरीक्षकको प्रतिवेदनले अनियमितता भएको प्रस्ट देखाएको उद्धृत गर्दै उनीहरूले ढाकछोप नगर्न चेतावनीसमेत दिए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले विमान ल्याउँदा सरकारी ऐन–नियम उल्लंघन नगरिएको जिकिर गरे। लगत्तै सांसद पे्रम आलेले आक्रोशित हुँदै भने, ‘तपाईलाई लाज लाग्दैन आफूलाई सफल सिइओ भन्न रु विमान ल्याउँदा यति ठूलो भ्रष्टाचार भएको छ। महालेखा परीक्षकको प्रतिवेदन गलत छ त रु ठोस जवाफ दिनुहोस्।’

कंसाकारले महालेखाको प्रतिवेदनलाई आफूले ‘गलत’ भन्न नसक्ने स्वीकारे। तर, आफूले अनियमितता नगरेको दाबी गर्न छाडेनन्। ‘महालेखापरीक्षकको रिपोर्टलाई गलत हामीले भन्न मिल्दैन’, उनले भने, ‘महालेखाले खरिद प्रक्रिया कानुनसम्मत नभएको दाबी गरेपनि कुन ऐनको कुन दफाको प्रतिकुल भयो भन्ने उल्लेख गर्‍या छैन।’

‘नेपाल वायुसेवा निगमको आर्थिक विनियमावली, २०६५ को विनियम २३६ ९१० अनुसार निर्माता कम्पनी सँग मात्र नयाँ विमान खरिद गर्न सकिनेमा विमान निर्माता कम्पनीसँग खरिद नगरी १ हजार घण्टा उडेको भनी पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाई अन्य आपूर्तिकर्तासँग नयाँ विमान रोल्स रोएस ट्रेन्ट ७७२ बी इन्जिन जडान भएको र प्रत्येकमा १८ बिजिनेस क्लास र २३८ देखि २६२ सम्म इकोनोमी क्लासका सिट क्षमता भएका ए ३३०–२०० दुई वाइड बडी खरिद गर्न सम्झौता गरेको छ’, महालेखाको ५५ औं वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘बिक्रीपश्चात्को मेन्टिनेन्स सेवा तथा पार्टपुर्जा आपूर्तिमा हुनसक्ने उपलब्धि, तालिम, प्राविधिक सहयोग र वारेन्टीजस्ता पक्षलाई महत्व नदिई बिचौलियाका रुपमा रहेका आपूर्तिकर्तामार्फत एयरबस कम्पनीको विमान खरिद गर्ने सम्झौता गरे गराएको कानुनसम्मत देखिएन।’

महालेखाले बोलाएकै दिन एक दैनिकमा लेख लेख्दै कंसाकारले भनेका थिए, ‘खरिद प्रक्रिया सुरु गरेदेखि अन्तसम्म सार्वजनिक खरिद ऐन, २०६३ र नेपाल वायुसेवा निगम आर्थिक विनियमावली, २०६५ मा उल्लिखित कानुनी व्यवस्था अवलम्बन गरिएको थियो । विमान खरिदसम्बन्धी भइरहेको वादविवादका क्रममा उक्त ऐन र विनियमावलीको कुनै दफा वा उपदफा उल्लंघन गरेको किटानसाथ जिकिर गरेको पाइएको छैन । यसबाट सम्पूर्ण खरिद प्रक्रिया प्रचलित कानुनबमोजिम भएको प्रमाणित हुन्छ ।’ जब कि महालेखाले केही महिनाअघि जारी गरेको प्रतिवेदनमा प्रस्टै रूपमा विनियमावली र कानुन उल्लंघन भएको देखाएका थियो। महालेखा सार्वजनिक संस्थाको लेखापरीक्षण गर्ने संविधानिक निकाय हो।

महालेखाको प्रतिवेदनले अनियमितता देखाएको र कंसाकारले स्वीकार गरेकाले कारबाही गर्न आलेले सुझाव राखे। ‘समितिले लामो छलफल नगरी कारबाहीका लागि निर्देशन दिए हुन्छ। महालेखापरीक्षकले प्रतिवेदन बुझाइसकेको छ। महाप्रबन्धक आफैंले प्रतिवेदनलाई स्विकार गरिसक्नुभएको छ’, उनले भने, ‘लामो छलफल किन गर्ने रु एक्सनमा जानुपर्छ।’

बीचैमा बोल्दै समितिका सभापति भरत शाहले भने, ‘नियम कानुनअनुसार गलत हुनेलाई कारबाही हुन्छ। म सभापति रहुँन्जेल नियम विपरित निर्णय गर्ने काम कतै हुन दिन्न।’ समिति आइतबार कारबाहीको टुंगोमा भने पुगेन। यसमा थप छलफल गर्ने निचोड निस्किएको छ।

समितिले बोलाएको छलफलमा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका कार्यकारी अध्यक्ष मदन खरेल र प्रबन्ध निर्देशक कंसकार पुगेका थिए। समितिका सभापति शाहले प्रश्न गरे, ‘विमान पुरानो हो कि नयाँ रु ’ निगमले सार्वजनिक खरिद नियमावली छल्न पुरानो जहाज किन्ने बोलपत्र आह्वान गरेको थियो। तर, विचौलियाहरूको सञ्जाल बनाई नयाँ ल्याइएको थियो। यसमा लेखाका सदस्यहरूको आपत्ति थियो। निगमको आर्थिक विनियमावली, २०६५ को विनियम २३६ ‐१० अनुसार नयाँ विमान निर्माता कम्पनीसँग मात्र खरिद गर्न सकिने उल्लेख छ। तर निगमले त्यसो नगरी १ हजार घण्टा उडेको भनी पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाएको महालेखापरीक्षकको ठम्याई छ

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  ४ : ०३ बजे