विज्ञानदेव पाण्डे नेपाली सेनाको प्रवक्ता नयाँ प्रवक्ता नियुक्त



काठमाडौं चैत, १४–
नेपाली सेनाको प्रवक्तामा विज्ञानदेव पाण्डे नियुक्त भएका छन् । यसअघि प्रवक्ता रहेका सहायक रथी यामप्रसाद ढकाल २ बाहिनी धनकुटा सरूवा भएसँगै १९ नम्बर बाहिनी दाङमा रहेका सहायक रथी पाण्डे नयाँ प्रवक्ता नियुक्त भएका हुन् । सैनिक प्रवक्ता फेरिएसँगै एक दर्जनजति सहायक रथीहरू पनि सरुवा भएका छन्। शान्ति सेना निर्देशनालयका रथी दामोदर थापा उपत्यका पृतनामा सरूवा भएका छन्।

२ नम्बर बाहिनीका सागरबहादुर केसी कल्याणकारी योजनामा सरूवा भएका छन्। सम्भार रथीमा रहेका रामबहादुर ढुंगाना पश्चिम पृतना पोखरा सरूवा भएका छन्। कुमार लामा २४ बाहिनी जुम्लाबाट सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, ५ बाहिनीका हिरालाल जोशी शान्ति सेना निर्देशनालय,उत्तर पश्चिम पृतनामा कार्यरत सहायक रथी अर्जुन श्रेष्ठ राष्ट्रिय निकुञ्ज हेर्ने निर्देशनालयमा सरूवा भएका छन् ।

पश्चिम पृतना पोखराका दीपक बानिया २४ बाहिनी जुम्ला सरूवा भएका छन् भने राष्ट्रिय निकुञ्ज निर्देशनालयमा कार्यरत होमनाथ दवाडी ५ बाहिनी धनगढीमा सरूवा भएका छन्। त्यस्तै डिएमआइमा कार्यरत सुशीलकुमार भण्डारी १९ बाहिनी दाङ सरूवा भएका छन्।

प्रकाशित मिति : चैत्र १४, २०७५ बिहिबार  ६ : १८ बजे