नबिल बैंकले सुरु गर्यो ‘नबिल नारी’ प्याकेज



काठमाडौ चैत, १५–
नबिल बैंकले नेपाली महिलाहरूको लागि पुर्ण सेवाहरु सहितको एक विशेष नारी प्याकेजको शुरूवात गरेको छ । महिलाहरुप्रति विशेष सम्मान दर्साउने क्रममा, नबिल बैंकले नबिल नारी कार्यक्रम अन्तर्गत तीनवटा नया उत्पादनहरू शुरू गरेर महिलाहरूको लागि पूर्ण बैंकिङ सेवा प्रदान गर्ने शुरुवात गरेको छ । बैंकले चर्चित अभिनेत्री प्रियङ्का कार्कीलाई नबिल नारीको अग्रणीको रुपमा नियुक्त गरेको हो ।
बैंकले नेपाली महिलाहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै नेपालमा महिला उद्यमशिलताको विकास गर्नको लागि आवस्यक पर्ने सबै वित्तिय आवस्यकता पुरा गर्नका लागि ‘नबिल नारी’ अन्तर्गत नबिल प्रिमियम नारी बचत, नबिल नारी कर्जा र नबिल लघुउद्यम कर्जा जस्ता बचत खाता तथा कर्जा सेवाहरुको शुरुवात गरेको छ ।
नबिल प्रिमियम नारी बचतमा आकर्षक विशेषताका साथै नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ), क्रेडिट कार्ड (स्थानिय र अन्तराष्ट्रिय) डिमाण्ड ड्राफ्ट÷स्विट ट्रान्सफर, लकर आदी जस्ता विशेष सुविधा सहितको प्रतिस्पर्धि वार्षिक चार दसमलव ७५ प्रतिशत ब्याजदरमा खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । त्यसका साथै बैंकले “नबिल नारी कर्जा” महिलाहरुको लागि प्रस्ताव गरेको बिशेष साना तथा मझौला कर्जा हो । यसले महिलाहरुको उद्यमशिलताको प्रयासमा सहयोग गर्नको लागि वार्षिक नौ दशमलव ९९ प्रतिशतको प्रतिस्पर्धी ब्याजदरमा कर्जा प्रवाह गर्नेछ ।

प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार  ६ : १२ बजे