काठमाडौं चैत, २८–
कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले वर्तमान दुईतिहाई सरकारले चौध महिनासम्म कुनै पनि काम गर्न नसकेको खाली हावा गफमा अलमलिएको आरोप लगाउदै सम्पुुर्ण जनताको हकहितमा काम गरी अगाडि बढ्न सुझाब दिदै झिनामसिना काममा नअल्झिन सरकारलाई आग्रह गरेका छन ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषले आयोजना गरेको आफ्नो २९ औं स्थापना दिवस तथा नयाँवर्ष २०७६ सालको शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय सदस्य पौडेलले नयाँवर्षको शुभकामना दिदै आगामी नयाँ बर्षामा सरकार र प्रधानमन्त्री को बुद्दी फेरियोस भन्ने कामना समेत गरे ।
कार्यक्रमको अबसरमा नेता पौडेलले नयाँ संरचना सहितको नेपालमा सञ्चय कोषलाई पनि नयाँ बनाउने कुरामा ईंगित गर्दै सञ्चयकोषको नेतृत्वले सञ्चयकोषमा जम्मा भएको पूजीँलाई सहि ठाँउमा योजना बनाउदै लगानी गर्न सुझाव दिए । देशमा प्रयाप्त पैसा जम्मा भएर खुम्चिएर बसेको छ तर हामि लगानि सम्मेलन गर्र्दैछौ र पैसा जुटाउदै छौ, अब सबैले वैयक्तिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लागी समृद्धिमा सहयोग गर्दै नेता पौडेलले स्वास्थ्य बिमा अभियानको पुर्ण सफलताको कामना गरे ।

त्यसैगरी कार्यक्रममा कोषका प्रसासकीय प्रमुख तुलसीप्रसाद गौतमले नयाँवर्षको शुभकामना मन्तब्य संगसंगै कर्मचारीको हकहितमा काम गर्ने र संस्थाको दायरा प्रष्ट पार्दै नीतिनियममा अब्बल भूमिका देखाउन लागिराग्ने र सस्थालाई बिस्तारै अफिसरियल भूमिकामा लैजादै तल्ला तहका कर्मचारी कम गर्दै जाने,र पेन्सन फण्डका लागि अन्तिम तहमा पुगेको र बिभाग समेत बनेको जानकारी गराए । उनले कोषले नयाँ भवन बनाउने काममा पनि तिब्रता दिएको र कर्मचारिको सेवासर्तलाई पुनरावलोकन गर्ने र संस्थालाई स्वाग्राहिमैत्रि वनाउने समेत जानकारी गराए ।










