काठमाडौं वैशाख, ५–
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको उपत्यकामा आंशिक प्रभाव परेको छ । राजधानी उपत्यका बाहिरका जिल्लाहरूमा भने बन्दको प्रभाव परेको छ । नेकपाले नेता तथा कार्यकर्ता पक्राउ परेको विरोधमा बिहीबार नेपाल बन्द आह्वान गरेको छ ।
बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चलेका छन् जसले यात्रुलाई अफ्ठेरो भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् ।
बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरि नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ ।










