काठमाडौं, चैत २२ –
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण राष्ट्रियतानै खतरामा पर्ने सम्भाबना बढेको बताएका छन ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने र नेपालको अस्तित्वनै समाप्त हुने खतरा औंल्याउदै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै तराईमा पुगेर नागरिकता विद्येयकबारे गलत टिप्पणी गरेको भन्दै उनले आपत्ति जनाए ।
नेता केसिले नागरिकता विद्येयक सदनमा छलफलको क्रममै रहदा मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गर्नु अत्यन्तै गम्भिर र गलत भएको भन्दै मन्त्रीपरिषदले जारी गरेको सर्कुलर तत्काल खारेज गर्न माग गरे ।
उनले सम्सदिय छलफलको क्रममा रहेको उक्त विद्येयकले नेपालमा जन्मिएका बास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराईने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाउदै यस्तो गम्भिर बिशयमा कांग्रेस लगायतका अन्य दलहरु नबोल्नु अचम्म लाग्दो रहेको पनि ब ताए ।








