काठमाडौं चैत, २४–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ओली सरकारले कांग्रेसको सरकार हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी ओली सरकारले लगाएको आरोपप्रति आपत्ति जनाएका छन् । कम्युनिष्ट सरकारले कांग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि ओली त्यस्मा सफल नहुने नेता पौडेलको भनाइ छ । चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त कुरा बताएका हुन् । उनले सत्तारूढ नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार बढेको बताए । पार्टी भित्रको प्रसंगमा कुरा गर्दै नेता पौडेलले समयअनुसार कांग्रेस परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले नेपाली कांग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने प्रष्ट पारे ।
निर्वाचनका बेला टिकट दिँदा ध्यान पु¥याउन नसक्दा निर्वाचनको गणितमा काङ्ग्रेस पराजित भएको भए पनि विचारमा भने अगाडि रहेको उनले बताए ।
नेपाली कांग्रेस खैरहनी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।










