काठमाडौं वैशाख, २२–
राष्ट्रिय जनता पार्टील सरकारको नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव हालेको छ । आइतबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति कार्यक्रमको ७ नम्बर बुँदामा आपत्ति जनाएका हुन् । उनले संविधानमा विमति छैन भनी उल्लेख गरेर आश्चर्यमा पारेको भन्दै प्रश्न गरे यो नीति कार्यक्रम भाङ खाएर लेखेको हो ?’
उनले संविधान जारी गर्दाका समय परेका नोट अफ डिसेन्ट, मधेस आन्दोलनपछि संविधान संशोधनका विभिन्न सम्झौतालाई विर्सिएर संविधानमा विमति छैन भन्नु गलत हुने बताए ।








