काठमाडौं वैशाख, २४–
आज सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित गर्ने कार्यक्रम रहेको छ । मंगलबारको संसदलाई नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत सम्बोधन गर्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदले उठाएका प्रश्नको दुबै सदनमा जवाफ दिएपछि संशोधनलाई निर्णयार्थ पेस गरिनेछ। दुबै सदनले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको तय गरेका हुन्।
संशोधनलाई निर्णयार्थ पेस गरेपछि नीति तथा कार्यक्रम पारित हुनेछ।
बैशाख २४, २०७६ मंगलबार
प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार ६ : ०६ बजे








