आज समाजवादी पार्टी, नेपालको पहिलो केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं वैशाख, २४–
हिँजो मात्रै गठन भएको समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । सोमबार संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएर समाजवादी पार्टी, नेपालको गठन भएको थियो ।
४२९ सदस्यीय कार्यसमितिको बैठकमा केन्द्रीय समितिको जिम्मेवारी बाँडफाँड देखि लिएर परिचयात्मक कार्यक्रम हुने बताइएको छ । पार्टीमा २५ सदस्यीय पदाधिकारी रहेका छन् ।

असोजका लागि तोकिएको समाजवादी पार्टीको अधिवेशनको बारेमा समेत छलफल हुने बताईएको छ ।

कार्यसमितिको जिम्मेवारी बाँडफाँडको म्यान्डेट पदाधिकारीलाई दिइनेछ । र, ती पदाधिकारीले विभिन्न समितिहरु बनाएर तल तहदेखि माथिल्लो तहसम्म फोरम नेपाल र नयाँ शक्ति नेपालबीच समायोजनको कार्यक्रम गर्ने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार  ७ : ५३ बजे