बैशाक्ग २५, काठ्माण्डौ-
नेपाली कांग्रेसले आजबाट मुलुकभर एकसाथ राष्ट्रिय जागरण अभियान सुरु गर्दै छ । ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको यो अभियान आज एकै साथ ७७ वटै जिल्लामा सुरु हुँदै छ । कांग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि जागरण अभियान सुरु गर्न लागेको जनाएको छ ।
आजबाट मुलुकभर एकसाथ शुरु हुने राष्ट्रिय जागरण अभियान अन्तर्गत ७ वटै प्रदेश स्तरिय कार्यक्रमहरुलाई पार्टिका शिर्षनेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टिका मुख्य सचिब कृष्ण पौडेले न्यू सञ्चारलाई बताए ।
प्रदेश ३ को काठ्माण्डौमा हुने कार्यक्रमलाई पार्टी शभापती शेर बहादुर देउबाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।त्यसैगरी बरीष्ट नेता रामचन्द्र पौडेलले प्रदेश २ को जनकपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने प्रदेश ७ को धनगढिमा हुने कार्यक्रमलाई उपशभापती बिमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदेश १ को बिराट्नगरमा हुने कार्यक्रमलाई अर्का उपशभापती बिजयकुमार गच्छदारले सम्बोधन गर्ने भएका छन ।
त्यसै गरी प्रदेश ५ को रुपन्देहीमा हुने कार्यक्रमलाई महामन्त्री शशाङ्क कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने अर्का महामन्त्री पुर्ण बहादुर खड्काले प्रदेश ४ को आमशभालाई सम्बोधन गर्ने भएका छन । पर्टी कोषाध्यक्ष सिता देबी यादबले कर्णाली प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्ने गरी तयारी भएको पार्टिका मुख्य सचिब कृष्ण पौडेले न्यू सञ्चारलाई बताए ।
त्यसै गरी अभियान अन्तर्गत सबै जिल्लामा हुने कार्यक्रमकालागी सबै केन्द्रिय प्रतीनिधीहरु जिल्ला जिल्ला पुगेसकेका छन ।आजै सबै जिल्लामा समेत जनगारण अभियानको शुरुवात हुँदैछ ।








