प्रधानमन्त्रीले विपक्षीलाई होच्याएर जनताको अपमान गरेः कांग्रेस नेता प्रकाशमान सिंह



काठमाडौं वैशाख, २५–
कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले विपक्षीलाई होच्याउनु भनेको जनतामाथिको अपमान भएको बताएका छन् । बुधबार राष्ट्रिय जागरणसभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता सिंहले कम्युनिस्टको नाम र सिद्धान्तको नै टुंगो नभएको भन्दै उनीहरुले नेपाली जनतालाई स्थायी नाम समेत दिन नसकेको बताए । उनले सभापति शेरबहादुर देउवाले कम्युनिष्ट आउँदा रुन पनि पाइन्न भनेको अहिले आएर पुष्टि हुँदै गएको दाबी समेत गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले विपक्षीलाई होच्यायो । विपक्षीलाई होच्याउनु जनतामाथिको अपमान पनि हो । प्रधानमन्त्रीले जनतालाई अपमान गर्न पाउछन् ?’

पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले कांग्रेसले गरेका कामलाई समेत ओली सरकारले आफैंले गरेको भन्दै प्रचार गरिरहेको गुनासो गरे । उनले पार्टीलाई संस्थागत रुपमा चलाइए कम्युनिस्ट सरकारसँग मुकाविला गर्न सकिने भन्दै स्थानीय निर्वाचन भन्दा पहिले पार्टीको सबै तहको महाधिवेशन गर्न सभापति देउवासँग आग्रह गरे ।

प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार  १० : ५० बजे