पत्रकारद्वारा सञ्चारमन्त्री बाँस्कोटाकै कार्यक्रम बहिष्कार



काठमाडौं वैशाख, २९–
नेपाल प्रेस युनियनले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ । प्रेस युनियन नुवाकोटले आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम बहिष्कार गरेको हो । नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल संबन्धि बिधेयक दर्ता गरिएको र प्रेस बिरोधी गतिबिधिहरु नियन्त्रणमा संचारमन्त्री बास्कोटा पूर्ण उदासीन रहेकाले बिरोधस्वरुप मन्त्रीको कार्यक्रम बहिष्कार गरिएको प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीले बताए ।

मिडिया काउन्सिल बिधेयकको बिरोधमा पत्रकार महासंघले संचालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट संचालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार  ५ : ५९ बजे