कांग्रेस युवा नेता प्रदीप पौडेलद्वारा विद्यालयलयलाई निर्माण सामाग्री तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



तनहुँ वैशाख, २९–
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले तनहुँका तीन वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

पौडेलले आइतबार म्याग्दे ४ को गणेश मावि, मणि मावि र कालिका प्राविका विद्यार्थीलाई कापीकलम तथा झोला वितरण गरेका हुन्।
यसैबीच नेता पौडेलले म्याग्दे ७ रानीस्वाँरा सामुदायिक भवन निर्माणका लागि ५० बोरा सिमेन्ट पनि सहयोग गरेका छन्।

प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार  १० : ३७ बजे