काठमाडौं जेठ, २–
मिडिया काउन्सिलसम्बन्धी विधेयकको आलोचना भइरहँदा प्रधानमन्त्री केपी ओलीले हचुवामा नल्याइएको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्रीले बुधबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका हुन् ।
‘संसद्भन्दा अगाडि सरेर लोकतन्त्रको बदनाम नगर्नूस् । सभ्य समाजका लागि विधेयक ल्याइएको हो । हचुवाका भरमा सरकारले विधेयक ल्याएको होइन,’ उनले भने ।
प्रधानमन्त्रीले भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी भएको बताए । प्रधानमन्त्री ओली, श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोली भियतनाम हुँदै कम्बोडिया भ्रमणमा गएको थियो ।








