गृहमन्त्री भन्छन्ः मदनको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरु



काठमाडौं जेठ, ३–
गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोज्ने प्रक्रिया सुरु गरिएको बताएका छन् । शुक्रबार २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले सो कुरा बताएका हुन् । गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने दाबी समेत गरे ।

हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गरे पनि त्यो कसरी अघि बढ्दै छ भन्नेबारे भने गृहमन्त्री थपाले थप कुरा खुलाएनन् ।
०५० जेठ ३ गते (आजकै दिन) नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

२६ वर्षअघि भएको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका एक मात्रै साक्षी जीप चालक अमर लामाको पनि केही बर्ष अघि हत्या भएपछि घटना झन रहस्यमयी बनेको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार  ६ : ०१ बजे