धादिङ जेठ, ३–
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले शुक्रबार धादिङको धुनिबेसि नगरपलिकाका वडा नं. ३,५ र ९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले कांग्रेसको राष्ट्रिय जागरण अन्तरगत आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन् । धादिङ जिल्लामा पार्टी केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका नेता पौडेलले आजको कार्यक्रममा ओली सरकारका गलत काम र तथा कांग्रेसका अभियानलाई जनसमक्ष पुर्याउनु आजको आबश्यक्ता भएको बताए ।
उनले ओली सरकारविरुद्ध खबरदारी र कांग्रेसको संगठन सुदृढीकरण गर्न राष्ट्रिय जागरण कार्यक्रम सफल हुने बताए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘सरकारका कृयाकलाप जनविरोधी भए, सरकारले लोकतन्त्र र प्रेसमाथि आक्रमण सुरु गर्यो त्यसैले यस्तो कृकलापविरुद्ध सिंगो कांग्रेस एक हुनुको विकल्प छैन ।’
आजको कायक्रममा नेपाली कांग्रेस धादिङले स्थानीय निकायसम्म खटाएका प्रतिनिधिहरु, जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
आजबाट धादिङको १०४ वटा वडामानै छाया सरकार गठन प्रक्रिया समेत सुरु गरिएको छ ।








