काठमाडौं जेठ, ५–
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि (६ गते सोमबार) देखि सुदुरपश्चिमका जिल्लाहरुका विभिन्न कार्यक्रममा सहभागीता जनाउने भएका छन् । वरिष्ठ नेता पौडेलको सचिवालयले जानकारी गराए अनुसार जेठ ६ गते कैलालीबाट सुरु हुने कार्यक्रम जेठ १७ गते बाजुराको मार्तडीबाट समापन हुनेछ । वरिष्ठ नेता पौडेलले गएको वैशाख २४ गते रामेछापबाट सुरू गरेको जनजागरण अभियान र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुदुरपश्चिमको विभिन्न जिल्लामा गएर टुंगिन लागेको हो ।
नेता पौडेलसँगै कांग्रेस नेताहरू दिलेन्द्र प्रसाद बडु, हृदयराम थानी, रामकृष्ण यादव, नविन्द्रराज जोशी, बद्री पाण्डे, प्रकाश स्नेही लगायत नेताहरु समेत कार्यक्रममा सहभागी हुनेछन् ।
पौडेलको सचिवालयले जनाए अनुसार जेठ ६ गतेः विहान नेपालगञ्ज हुँदै कैलालीको टिकापुर, ७ गतेः विहान कैलालीको हसुलीयामा कार्यक्रम र दिनको १ बजे धनगढीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, जेठ ८ गतेः विहान कञ्चनपुरको पुर्नवासमा कार्यक्रम र दिनको १ बजे महेन्द्र नगरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन, जेठ ९ गतेः विहान डडेल्धुरा प्रस्थान, दिउँसो नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराद्वारा आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, जेठ १० गतेः विहान डडेल्धुराबाट बैतडी प्रस्थान । बैतडी जिल्लाको मेलौलीमा हुने बृहत आमसभालाई सम्बोधन, जेठ ११ गतेः विहान दार्चुलाको लागि प्रस्थान, दार्चुलामा नेपाली कांग्रेस दार्चुलाको आयोजनामा हुने जिल्ला सम्मेलनलाई सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै, जेठ १२ गतेः विहान दार्चुलाबा बझाङ्ग प्रस्थान, जेठ १३ गतेः बिहान बझाङ्गमा आयोजीत नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, जेठ १४ गतेः डडेल्धुराबाट डोटी प्रस्थान, दिपायलमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन, जेठ १५ गतेः डोटीबाट अछाम प्रस्थान, अछामको साँफेबगरमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अन्त्यमा जेठ १६ गतेः अछामबाट बाजुराको मार्तडी प्रस्थान, मार्तडीमा हुने पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गरेर जेठ १७ गतेः बाजुराबाट काठमाडाँ फर्किने कार्यक्रम तय गरिएको वरिष्ठ नेता पौडेलको सचिवालयले जनाएको छ ।








